राष्ट्रपतिद्वारा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण
२०८३ असार १४ गते

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त विधेयक प्रमाणीकरण भएको जानकारी सदनलाई गराएका हुन् ।
सभामुख अर्यालले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेको ब्यहोरा जानकारी गराए ।
राष्ट्रपतिका सचिव महादेव पन्थद्वारा पठाइएको पत्रमा २०८३ साल असार ११ गते विधेयक प्रमाणीकरण गरिएको र सोको सक्कल प्रति समेत प्राप्त भएको उल्लेख छ ।
२०८३ असार १४ गते
प्रतिक्रिया
सम्बन्धित









