काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएन: केपी खनाल

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले कैलालीस्थित लम्कीचुहा प्रादेशिक अस्पताल प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बन्न नदिएको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त अस्पताल बनाउनका लागि सर्वोच्च अदालतले समेत आदेश दिएपनि प्रदेश र स्थानीय सरकार काँग्रेसको भएकाले अवरोध गरिरहेको जिकिर गरे । सांसद खनालले उक्त अस्पताल बन्न नदिन आफ्नै पार्टीको प्रदेश र स्थानीय सरकारले अवरोध गर्दा पनि काँग्रेसले त्यसमा कुनै पहल नगरेको भन्दै आपत्ति जनाए ।

संघीय संसदमा आदर्शका कुरा गर्ने काँग्रेस सांसदहरूले आफ्नै पार्टीको सरकारले प्रदेश र स्थानीय तहमा जनताको काम नगरेको विषय उठान नगरेको गुनासो पनि सांसद खनालले गरे ।

उनले भने ‘लम्की चुहा अस्पतालका कर्मचारीलाई त्यहाँको स्थानीय सरकारले गालीगलौज गरेको दृश्य सामाजिक सञ्जालमा आई रहँदा त्यहाँ गाली बेइज्जत भइरहन्छ, आइरहन्छ । तर यो सञ्चालनका लागि प्रतिपक्ष बेन्चमा बसेको नेपाली काँग्रेसमाथि ध्यानाकर्षण गराउन चाहन्छु सभामुख महोदय । यहाँ सदनमा तपाईँहरू पटक पटक सरकारले यो गरेन, त्यो गरेन आफू बेन्चमाथि उठ्नु हुन्छ, तर तपाईँकै स्थानीय तहको बनेको सरकार र प्रदेश सरकारले लम्की चुहा अस्पतालमाथि गरेको अन्यायलाई तपाईँहरूले कहिले सदनमा बोल्नु हुन्छ । तपाईँहरू सधैँ सरकारले यो गरेन, उ गरेन भन्नु हुन्छ । तपाईँहरूको पार्टीले बनाएको स्थानीय सरकारले काम गर्ने कर्मचारीमाथि गालीगलौज गर्दा कहाँ छ नेपाली काँग्रेस रु म यहाँबाट खोज्न चाहन्छु । एउटा काम गर्ने कर्मचारीले काम गर्न पाउँदैन । प्रादेशिक अस्पताल बनाउनुपर्छ भनिरहेको छ । तर बनिरहेको छैन । अनि यहाँ चाहिँ उहाँहरू आदर्शको कुरा गर्नुहुन्छ । म यहाँबाट नेपाली काँग्रेस खोज्न चाहन्छु–काँग्रेस कहाँ छ रु त्यहाँका शिक्षा, स्वास्थ्य, खेलकुद लगायत अन्य क्षेत्रका कर्मचारीहरू पनि काँग्रेसबाट पीडित छन् । त्यहाँको स्थानीय सरकारबाट पीडित छन् ।’

सांसद खनालले काँग्रेस नेतृत्वको प्रदेश र स्थानीय सरकारका कारण त्यहाँका सरकारी कर्मचारी समेत पीडित भएको दाबी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =