विश्वकप फुटबलः स्पेन र केप भर्डे नकआउट चरणमा
२०८३ असार १३ गते

काठमाडौं । एलेक्स बाएनाको गोलमा उरुग्वेलाई पराजित गर्दै स्पेन विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।
मेक्सिकोको ग्वाडालाजारमा भएको खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
एलेक्सले खेलको ४१ औँ मिनेटमा गोल गरेका हुन् । यो विजयसँगै स्पेन सात अङ्क जोडेर समूह विजेता बनेको छ ।
आजै भएको अर्को खेलमा केप भर्डेले साउदी अरबसँग गोलरहित बराबरी खेल्यो ।
पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश गरेको छ । तीन खेल बराबरी खेलेको यो देश तीन अङ्कका साथ समूह उपविजेता बनेको छ ।
२०८३ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित









