रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरु

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ ।

चितवनमा जारी महाधिवेशनअन्तर्गत पदाधिकारीका छनोटका लागि दोस्रो चरणमा निर्वाचन भएको हो ।

रास्वपाको सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् ।

अहिले महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन भइरहेको छ । महिला उपसभापतिमा सोबिता गौतम र डा तोसिमा कार्की प्रतिस्पर्धामा छन् ।

महामन्त्री पदमा मनीष झा, विपिन आचार्य, सागर ढकाल र गणेश कार्की उम्मेदवार छन् ।

महामन्त्री पदका आकांक्षी कबिन्द्र बुर्लाकोटी, रञ्जु दर्शना, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल र शिशिर खनाल तथा राजुनाथ पाण्डेले समेत आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकाले केही निर्धारित समयभन्दा ढिला मतदान सुरु भएको निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताए ।

सहमहामन्त्री पुरुषका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त रहेका छन् ।

महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =