महामन्त्रीको दौडबाट रञ्जु दर्शनाको पनि बहिर्गमन, विपिन आचार्यलाई समर्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेकी छन् ।

महाधिवेशन स्थल चितवनमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो समर्थन र मत दुवै आचार्यलाई रहने बताइन् । ‘आजको दिनमा मेरो समर्थन र भोट पनि विपिन आचार्यलाई,’ उनले भनिन् ।

यसअघि महामन्त्री पदका उम्मेदवार गणेश पराजुली, प्रमोद न्यौपाने र कविन्द्र बुर्लाकोटीले पनि उम्मेदवारी फिर्ता लिँदै आचार्यलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

यस्तै, शिशिर खनाल र जगदीश खरेलले पनि यसअघि नै महामन्त्री पदको दाबेदारी छाडेका थिए । राजुनाथ पाण्डेले पनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 18 =