रास्वपा महाधिवेशन सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’ चौरमा पूर्वघोषित कार्यतालिका अनुसार महाधिवेशन सुरु भएको हो ।

महाधिवेशन उद्घाटन समारोहमा पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह उपस्थित छन् । यसैगरी, रास्वपाका पदाधिकारी एवं केन्द्रीय नेताहरू र महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उद्घाटन समारोहमा सहभागी भएका छन् ।

त्यस्तै, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायतका नेताहरू उद्घाटन समारोहमा सहभागी छन् ।

रास्वपाको चितवनमा सुरु पहिलो राष्ट्रिय महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ ।

महाधिवेशन उद्घाटन कार्यक्रममा चितवन र छिमेकी जिल्लाका रास्वपाका जिल्ला स्तरका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेको छ ।

पार्टी सभापति लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री शाहले ‘घण्टी’ बजाएर महाधिवेशनको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =