भोजपुरमा गाँजा फँडानी

भोजपुर । जिल्लाका विभिन्न भागमा लुकीछिपी गरिएको गाँजा खेती फँडानी भएको छ ।

प्रहरीले गाँजाका बोट नष्ट गर्ने अभियानअन्तर्गत हालसम्म एक लाख ३९ हजार ३५ बोट उखेलेर फालेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख राजु लामाका अनुसार एक हजार ५५६ केजी तयारी गाँजासहित १४ जनालाई नियन्त्रणमा लिइएको छ ।

जिल्लाका विभिन्न स्थानमा पुगेर एक लाख ३० हजार ४८५ गाँजाको बोट र आठ हजार ५५० बोट बेर्ना नष्ट गरिएका छन् ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा पौवादुङ गाउँपालिकामा आयोजित कार्यक्रममा यही असार १२ गतेसम्म जिल्लाभर सप्ताहव्यापी रूपमा लागुऔषधविरुद्ध चेतनामूलक कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यालय, स्थानीय समुदाय तथा सरोकार भएका निकायहरूसँग सहकार्य गर्दै लागुऔषध दुरुपयोग नियन्त्रणसम्बन्धी चेतनामूलक गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

यसैक्रममा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रवाह भइरहेका सेवासम्बन्धी नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी राजन पौडेलले लागुऔषध दुरुपयोग नियन्त्रणमा राज्य, समुदाय र नागरिकबीचको सहकार्य अत्यावश्यक रहेको बताउँदै जनचेतना अभिवृद्धि, कडा कानूनी कार्यान्वयन र समुदायको सक्रिय सहभागितामार्फत मात्रै दीर्घकालीन समाधान सम्भव हुने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =