मैले गरेको भारत र चीन भ्रमणबाट मुलुकको राष्ट्रिय हित प्रवर्द्धनमा योगदान: परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत र चीनको भ्रमणबाट मुलुकको राष्ट्रिय हित प्रवर्द्धनमा योगदान पुगेको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

मन्त्री खनालले आफ्नो मन्त्रालयलाई विनियोजन गरिएको बजेटको अधिकतम उपयोग गर्दै तोकिएका कामहरू मितव्ययी र प्रभावकारी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

परराष्ट्र मन्त्रालयले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको दुई पक्षीय तथा बहुपक्षीय बैठक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन लगायतका महत्त्वपूर्ण भ्रमण र भेटघाट सम्बन्धी कार्यहरू सम्पन्न गरेको उनको भनाई थियो ।

मन्त्री खनालले भने ‘आगामी आर्थिक वर्षका लागि मन्त्रालयका र अन्तर्गतका निकायका लागि कूल ८ अर्ब ७३ करोड बजेट स्वीकृत भएको छ । विनियोजित बजेटको अधिकतम उपयोग गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत परराष्ट्र मन्त्रालयलाई तोकिएका कामहरू मितव्ययी र प्रभावकारी रूपमा सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गर्दछु । परराष्ट्र मन्त्रालयले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको दुई पक्षीय तथा बहुपक्षीय बैठक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन लगायतका महत्त्वपूर्ण भ्रमण र भेटघाट सम्बन्धी कार्यहरू सम्पन्न गरेको छ । नयाँ सरकार बनिसकेपछि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्दै भारत र चीनको भ्रमण, लगायत समकक्षीहरुकोसँगको टेलिफोन वार्ता र अन्य कूटनीतिक गतिविधिहरूबाट राष्ट्रिय हित प्रवर्द्धनमा योगदान पुगेको छ ।’

मन्त्री खनालले नयाँ सरकारले कूटनीतिक गतिविधिलाई तीव्रता दिएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =