चिया निर्यात समस्या समाधान गर्न सरकारले गम्भीर पहल गरिरहेको छ: कृषिमन्त्री

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान लागि सरकारले गम्भीर भएर पहल गरिरहेको बताएकी छन् ।

बुधवार आफ्नो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएकी हुन् ।

मन्त्री चौधरीले उक्त समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक पहल गरिएको र त्यो सकारात्मक दिशातिर गइरहेको पनि बताइन् ।

विगत ३ दिन यता इलामलगायतका देशभरका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएपछि आफ्नो उद्योग बन्द गरेका छन् । मन्त्री चौधरीले चियाको निर्यातमा सहजीकरण गर्न सरकार लागि परेको बताइन् ।

उनले भनिन् ‘विगतमा जस्तै चिया निर्यात सहजीकरण गर्न चिया उद्योगीहरूका समस्या समाधान गर्नका लागि मन्त्रालयको गम्भीर भएर पहल गरिराखेको छ । र यस विषयमा प्राविधिक तथा कूटनीतिक रूपमा आवश्यक पहल गरिएको र छलफल सकारात्मक दिशातिर गइराखेको जानकारी गराउन चाहन्छु ।’

त्यस अवसरमा मन्त्री चौधरीले सरकारले बनाएका योजनाहरू कार्यान्वयनमा सांसदहरूले महत्त्वपूर्ण सहयोग गर्ने विश्वास पनि व्यक्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =