श्रम संस्कृति पार्टीद्वारा संसदको वेल घेराउ (भिडिओ)

काठमाडौं । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधि सभा बैठकमा वेल घेराउ गरेका छन् ।

बुधवार विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरुको विनियोजन शिर्षकमाथिको छलफल भइरहेका बेला उक्त पार्टीका अध्यक्ष हकराज राईसहितका सांसदहरुले वेल घेराउ गरेका हुन ।

यता, सभामुख डोलप्रसाद अर्यालले भने सभामुखको आदेश विनानै जथाभावी गरेको भन्दै उक्त पार्टीका सांसदलाई सचेत गराए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले आफूले मन्त्रालयगत बजेटबारे सोधिएको प्रश्नको जवाफ नदिनुभएको भन्दै उठेर विरोध गरेका थिए ।

सभामुखको बारम्बारको आग्रहपछि पनि नमानेपछि राईसहितका पार्टीका सांसदहरुले वेल घेराउ गरेका हुन् । ‘माननीय सदस्यहरु, सभामुखको आदेश पालना गर्नुपर्ने सबै माननीय सदस्यहरुको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका माननीय सदस्यहरुलाई सचेत गराउँदछु’ उनले भने ।

प्रतिपक्ष दलहरुले प्रधानमन्त्री बालेन्द्र साहको सीमा सम्बन्धि अभिव्यक्ति सच्याउन माग गर्दै संसदमा विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =