सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः बराल

काठमाडौं । नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले वैज्ञानिकहरूका लागि उचित पारिश्रमिकको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सोमवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

सांसद बरालले वैज्ञानिकहरूको पारिश्रमिक न्यून भएकै कारण नेपाल कृषि अनुसन्धान परिषद (नार्क)मा दरबन्दी भए पनि आवश्यक जनशक्ति टिक्न नसकेको बताए ।

उनका अनुसार वरिष्ठ वैज्ञानिकहरूलाई उचित पारिश्रमिक दिन नसक्दा नार्कमा धेरै पदहरू रिक्त रहेका छन् र काम निमित्त कर्मचारीको भरमा सञ्चालन गर्नुपर्ने अवस्था आएको छ ।

‘आज मैले नार्कका साइन्सटिस्टहरूको अवस्थालाई देखेको छु,’ उनले भने, ‘दरबन्दी छ तर साइन्सटिस्ट छैनन्। यसको अर्थ अहिलेको तलव स्केलमा त्यो स्तरका जनशक्ति टिक्दैनन्। त्यसैले निमित्तमार्फत काम चलाउनुपर्ने बाध्यता छ।’

सांसद बरालले यस्तो अवस्थाले अनुसन्धानको गुणस्तर प्रभावित हुने भन्दै सरकारलाई तत्काल नीतिगत सुधार गर्न आग्रह गरे ।

उनले वैज्ञानिक अनुसन्धानका लागि आवश्यक जनशक्ति उत्पादन गर्न विशेष छात्रवृत्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 18 =