रास्वपामा चन्दा आतंक, ठेकेदारसँग मागियो ३० हजार !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनका लागि चन्दा संकलन गरेको खुलेको छ ।

व्यवसायी तथा उद्योगीसँग रकम तोकेर आर्थिक सहयोग मागिएको पत्र सार्वजनिक भएको छ । उक्त पत्र सार्वजनिक भएपछि त्यसले चर्चा पाएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वडा समितिका तर्फबाट एक निर्माण व्यवसायीसँग ३० हजार रुपैयाँ सहयोग मागिएको पत्र सार्वजनिक भएको हो ।

रास्वपाका कृष्णपुर–१ वडा सभापति सुरेन्द्र बोहराको हस्ताक्षर रहेको पत्रमा जलजला कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशकलाई सम्बोधन गर्दै ३० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ ।

पत्रमा उक्त निर्माण कम्पनीले विगतदेखि वडाभित्र विभिन्न विकास निर्माणका काम गर्दै आएको तथा स्थानीय समुदायसँग सहकार्य गरिरहेको उल्लेख गरिएको छ ।

साथै पार्टीको असार १ गतेदेखि सुरु हुने सुदूरपश्चिम प्रदेश अधिवेशन र असार ७, ८ तथा ९ गते आयोजना हुने केन्द्रीय महाधिवेशन सफल बनाउन आर्थिक स्रोत आवश्यक परेको जनाइएको छ ।

सोही प्रयोजनका लागि कम्पनीसँग ३० हजार रुपैयाँ सहयोगको अपेक्षा गरिएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + seventeen =