चीनको तिब्बत क्षेत्रमा फसेको दुर्लभ कस्तुरी मृगको उद्धार

एजेन्सी । चीनको तिब्बत स्वायत्त क्षेत्र अन्तर्गत पर्ने शान्नान सिटी मा वन्यजन्तु संरक्षणकर्मीहरूले फसेको दुर्लभ वन कस्तुरी मृगको सफल उद्धार गरेका छन् ।

शान्नान क्षेत्र तिब्बतका विविध भू–आकृतिहरू तथा समृद्ध जैविक विविधताका लागि परिचित छ। यहाँ राष्ट्रिय प्रथम श्रेणीको संरक्षित वन्यजन्तु समेत पाइन्छ । स्थानीय अधिकारीहरूका अनुसार एक पोथी कस्तुरी मृग नाम्साइलिङ गाउँको पुरानो शहर पर्खालभित्र फसेको अवस्थामा भेटिएको थियो ।

मृग लामो समयसम्म फसिरहेमा तिर्खा र थकानका कारण मर्न सक्ने जोखिम रहेको थियो । घटनाको जानकारी पाएलगत्तै वन्यजन्तु संरक्षणकर्मी पेन्मा ग्याल्पोले आफ्ना सहकर्मीहरूलाई बोलाएर उद्धार अभियान सञ्चालन गरेका थिए । करिव एक घण्टाको प्रयासपछि मृगलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।

उद्धारपछि पशुलाई सामान्य स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार गरियो । स्वास्थ्य अवस्था सामान्य रहेको पुष्टि भएपछि उक्त दुर्लभ कस्तुरी मृगलाई पुनः प्राकृतिक वासस्थानमा छाडिएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

वन्यजन्तु संरक्षणकर्मीहरूले संरक्षित प्रजातिहरूको संरक्षण र उद्धार कार्यलाई निरन्तरता दिँदै आएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eight =