कुवेतस्थित अमेरिकी सैन्य बल लक्षित दुई इरानी क्षेप्यास्त्र अमेरिकाद्वारा विफल

एजेन्सी । कुवेतमा तैनाथ अमेरिकी सैन्य बललाई लक्षित गरी प्रहार गरिएका दुईवटा इरानी ब्यालेस्टिक क्षेप्यास्त्रहरू अमेरिकी सेनाले सफलतापूर्वक विफल पारेको छ ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले सोमवार सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएको हो । सेन्टकमकाअनुसार आईतवार ढिलो गरी ती क्षेप्यास्त्रहरू प्रहार गरिएका थिए ।

अमेरिकी प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्रहरूलाई तत्कालै आकाशमै नष्ट गरिदिएको थियो । यस घटनामा कुनैपनि अमेरिकी सैन्य कर्मचारीलाई चोटपटक नलागेको र कुनै मानवीय क्षति नभएको कमाण्डले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =