दुर्गा प्रसाईँमाथि दुरुत्साहन आरोप, छानबिन गर्न सिफारिस
२०८३ जेठ १३ गते

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि जेनजी आन्दोलनका क्रममा दुरुत्साहन गरेको आशंकामा सूक्ष्म छानबिन गर्न सरकारलाई सिफारिस गरेको छ ।
आयोगले भदौ २३ र २४ गते भएको घटनासम्बन्धी अनुसन्धानका क्रममा प्रसाईंको अभिव्यक्ति तथा गतिविधिबारे पनि छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको हो ।
प्रसाईंले जेनजी अभियन्तासँगै सामाजिक सञ्जालमार्फत भड्काउ अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय अनुसन्धान विभागले दिएको प्रतिवेदनलाई समेत आधार मानेर अनुसन्धान सिफारिस गरिएको आयोगले जनाएको छ ।
२०८३ जेठ १३ गते
प्रतिक्रिया
सम्बन्धित








