प्रधानमन्त्री साह संसदप्रति अनुदार हुनु लज्जास्पद: सांसद पन्त

काठमाडौँ । नेपाली काँग्रेसका सांसद कमला पन्त प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति अनुदार हुनु लज्जास्पद विषय भएको टिप्पणी गरेकी छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।

जुन संस्थाले प्रधानमन्त्री बनायो त्यही संस्थाप्रति अनउत्तरदायी हुनु लाजमर्दो विषय भएको उनको भनाइ छ । उनले सरकार संसदप्रति जिम्मेवार हुने विषयमा सत्तारुढ दल र स्वयं प्रधानमन्त्री संवेदनशील हुनु जरुरी रहेको बताइन् । सांसद पन्तले सरकारको नेतृत्व गर्ने व्यक्ति भन्दा पनि प्रधानमन्त्री संस्था महत्त्वपूर्ण भएको उल्लेख गर्दै संसदप्रति अनुदार व्यवहार गर्नु उचित नभएको बताइन् ।

उनले भनिन् ‘संसदले नै बनाएको सरकारले संसदलाई नै उपेक्षा गर्यो भने संसदको अवस्था के हुन्छ रु यो उपेक्षा किन भएको होला ? सत्तारुढ दल र स्वयं प्रधानमन्त्रीले पनि संवेदनशील हुनुपर्ने कुरा मुख्य हो । को आयो ? को गयोसँग हाम्रो कुनै सरोकार छैन । को व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ भन्ने कुरासँग पनि हाम्रो कुनै सरोकार छैन । तर प्रधानमन्त्री भनेको एउटा संस्था हो । त्यो संस्थाले आफूलाई प्रधानमन्त्री बनायो त्यही संसदप्रति अनुदार हुनु भनेको लज्जास्पद कुरा हो ।’

उनले सबै राजनीतिक दलहरूसँग संवादमार्फत नागरिकका समस्या हल गर्नतर्फ समेत सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =