‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’को राइड पार्टनरमा सेफ राइड

काठमाडौँ । मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रमको राइड पार्टनरका रूपमा सेफ राइड जोडिएको छ ।

यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राइड शेयरिङ सेवा सञ्चालन गर्दै आएको सेफ राइडले युवामुखी मनोरञ्जन तथा प्रेरणामूलक कार्यक्रममा सहकार्य गरेको हो ।

हाल पोखरा, बुटवल, भरतपुर र काठमाडौंमा बाइक तथा कार राइड शेयरिङ सेवा उपलब्ध रहेको छ । प्लेटफर्ममार्फत यात्रुहरूले सहज, सुरक्षित र छिटो यात्रा सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

सेफ राइडमा आबद्ध हुन इच्छुक राइडरहरूले कुनै शुल्क बिना नै दर्ता गर्न सक्ने व्यवस्था रहेको छ । कम्पनीले सेवा विस्तारसँगै सुरक्षित यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ ।

मनोरञ्जनसँगै सकारात्मक सोच, आत्मविश्वास र प्रेरणामार्फत युवाहरूलाई अभिप्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा भवनबाट सुरु हुँदैछ । त्यसपछि कार्यक्रम देशका विभिन्न प्रमुख सहरहरूमा आयोजना गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =