‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’को एजुकेशन काउन्सिलिङ पार्टनर बन्यो राइटपाथ

काठमाडौँ । मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा शैक्षिक परामर्शदाता संस्था राइटपाथ करिअर काउन्सिलिङले सहकार्य गरेको छ ।

राइटपाथ करिअर काउन्सिलिङले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।

राइटपाथले काठमाडौँको पुतलीसडकस्थित मुख्य कार्यालयमार्फत सेवा सञ्चालन गर्दै आएको छ भने बानेश्वर, ललितपुरको कुमारीपाटी, चितवन, हेटौँडा, दाङ, बुटवल र धनकुटा लगायतका स्थानमा पनि आफ्नो सेवा विस्तार गरिसकेको छ ।

संस्थाले युके, अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडा लगायतका शैक्षिक गन्तव्यका लागि विद्यार्थीलाई परामर्श तथा सहजीकरण गर्दै आएको जनाएको छ ।

युवाहरूलाई मनोरञ्जनसँगै सकारात्मक सोच, प्रेरणा र सही करिअर मार्गतर्फ उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा राइटपाथ करिअर काउन्सिलिङ पनि जोडिएको हो ।

एक्स्ट्रिम इनर्जी ड्रिङ्क मुख्य प्रायोजक रहेको कार्यक्रम आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा भवनबाट सुरु हुँदैछ ।

कार्यक्रम जेठ १० गते काठमाडौंबाट सुरु भएर जेठ १५ गते पोखरा, १६ गते बुटवल, १७ गते चितवन, १९ गते वीरगन्ज, २१ गते बिर्तामोड र २२ गते इटहरीमा आयोजना हुने तालिका छ ।

प्रतिक्रिया

One thought on “‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’को एजुकेशन काउन्सिलिङ पार्टनर बन्यो राइटपाथ

  1. This program seems very fun and interesting
    Me and my friends are looking forward to attend the show hopefully this will be very successful and impactful session for every visitors and students.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =