आईएसएमटीका ४१५ विद्यार्थी दीक्षित

काठमाडौँ । बेलायतको युनिभर्सिटी अफ सन्डरल्याण्डसँग सम्बन्धन प्राप्त आईएसएमटी (ISMT) कलेज का ४१५ जना विद्यार्थी दीक्षित भएका छन्।

असार २६ गते काठमाडौँको याक एन्ड यति होटेलमा आयोजित दीक्षान्त समारोहमा नबिल बैङ्कका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा युनिभर्सिटी अफ सन्डरल्याण्डका उच्च तहका प्रतिनिधि, अभिभावक तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको कलेजले जनाएको छ।

दीक्षान्त समारोहमा बिबिए (बिजनेस एन्ड म्यानेजमेन्ट), बीएचएम, बीएससी आइटी (सीएसई) र एमबिए कार्यक्रमका विद्यार्थीहरूलाई औपचारिक रूपमा उपाधि प्रदान गरिएको थियो।

कलेजका अनुसार उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई युनिभर्सिटी अफ सन्डरल्याण्डले विशेष अवार्ड प्रदान गरेको छ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई आईएसएमटी ग्रुपअन्तर्गत सञ्चालन हुने स्नातकोत्तर तहका कार्यक्रमका लागि शतप्रतिशत छात्रवृत्ति समेत उपलब्ध गराइने घोषणा गरिएको छ।

आईएसएमटी ग्रुपले काठमाडौँसँगै चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सन्डरल्याण्डसँगको सहकार्यमा कलेज सञ्चालन गर्दै आएको छ। संस्थाले बिबिए, बीएचएम, बीएससी आइटी, साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक्स, एमबिए तथा एमएससी कम्प्युटिङ कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =