‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’को एजुकेशन पार्टनरमा राजधानी मोडल कलेज

काठमाडौँ । मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रमको एजुकेशन पार्टनरमा राजधानी मोडल कलेज जोडिएको छ ।
शिक्षा क्षेत्रमा गुणस्तरीय अध्यापन र विद्यार्थीकेन्द्रित गतिविधिका लागि परिचित राजधानी मोडल कलेजले युवामुखी प्रेरणादायी कार्यक्रममा सहकार्य गरेको हो ।
राजधानी मोडल कलेजले शैक्षिक गुणस्तर, नेतृत्व विकास, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै आएको छ । कलेजले अध्ययनसँगै सिर्जनात्मक र सकारात्मक सोच विकास गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्क मुख्य प्रायोजक रहेको कार्यक्रम आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा भवनबाट सुरु हुँदैछ ।
कार्यक्रम जेठ १० गते काठमाडौंबाट सुरु भएर जेठ १५ गते पोखरा, १६ गते बुटवल, १७ गते चितवन, १९ गते वीरगन्ज, २१ गते बिर्तामोड र २२ गते इटहरीमा आयोजना हुने तालिका छ ।








