आजदेखि ‘मितज्यू’ र ‘काजी’ एकसाथ प्रदर्शनमा

काठमाडौँ । आजदेखि चलचित्र ‘मितज्यू’ र ‘काजी’ एकसाथ प्रदर्शनमा आएको छ ।

अनिल बुढा मगरको निर्देशन रहेको चलचित्र ‘मितज्यू’ मा मितेरी साइनोको कथा रहेको छ ।

यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, टेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, खड्गबहादुर पुन, अनुषा राईलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

यस फिल्मका लगानीकर्ता जनक घर्ती मगर हुन् ।

त्यस्तै पारिवारिक प्रेमकथामा आधारित ‘काजी’ मा भने विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा रहेका छन् । लक्ष्मण रिजालको निर्देशनमा बनेको यस फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, अनुराग कुँवर, हिउँवाला गौतम लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

चलचित्र ‘मितज्यू’ ले देशव्यापी ११४ शो पाएको छ भने ‘काजी’ ले ८२ शो मात्र पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + four =