सरकार विधि र लोकतान्त्रिक मूल्य विपरीत चल्यो: एमाले सांसद राई

काठमाडौँ । नेकपा (एमाले)का सांसद राजेन्द्र राईले सरकार विधि र लोकतान्त्रिक मूल्य विपरीत चलेको आरोप लगाएका छन् ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले सरकार बहुमतको दम्भ देखाएर शासन सञ्चालन गरिरहेको आरोप लगाएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी समाज र जनताको सेवाबाट नभई गैरराजनीतिक ढंगले आएको टिप्पणी पनि गरे । सांसद राईले सरकारलाई लोकतन्त्र र विधिको शासनप्रति विश्वास नभएको आरोप लगाउँदै लोकतान्त्रिक प्रणाली कमजोर पार्ने प्रयास भइरहेको बताए । उनले गणतन्त्र र लोकतन्त्रको नाममा भाषण मात्र भइरहेको तर मुलुक निर्माणका लागि ठोस आधार प्रस्तुत गर्न नसकिएको टिप्पणी गरे ।

उनले सरकार आफूहरूले ल्याएको लोकतन्त्र र गणतन्त्रमा झन्डा फहराएर भाषण गरेर हिँडेको भएपनि मुलुक निर्माणको आधार दिन नसकेको बताए ।

उनले भने ‘सरकार विधिमा चलेन । सरकारलाई के दम्भ छ भने मसँग धेरै सिट छ यही सिटको दम्भमा पेलेर जान्छु भन्ने छ । त्यो पार्टीबाट हिजो समाजको निम्ति काम गरेको मान्छे कोही पनि आएको छैन । अहिले सरकार समाजसेवा र राजनीति ढंगले आएको सरकार होइन । यो सरकारलाई लोकतन्त्रमा विश्वास पनि छैन । विधिको शासन उल्ट्याउन चाहन्छ । र हामीले ल्याएको लोकतन्त्र र गणतन्त्रमा झन्डा फैल्याएर भाषण गरेर हिँडेका छन् । तर मुलुक बनाउने आधार खै त रु’

उनले मुलुक आफूहरूले बनाएको दाबी गर्दै फेरि पनि मुलुक निर्माणको लागि एमालेको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =