मेरो सिफारिसविरुद्ध सर्वोच्चमा परेको रिट दर्ता नगर्न दबाद दिएको छैन- प्रस्तावित प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो सिफारिसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न आफूले दबाब नदिएको स्पष्टीकरण दिएका छन् ।
संसदीय सुनुवाइको क्रममा मंगलवार संसदीय समितिमा बोल्दे उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।
उनले उजुरीको प्रकृतिका आधारमा दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय गर्न सर्वोच्च प्रशासन स्वतन्त्र रहेको पनि बताए । उनले मिडियामा आफूलाई आरोपित गर्नेगर हल्ला गरिएको भन्दै थप टिप्पणी नभएको समेत बताए ।
उनले भने ‘उजुरी दर्ता गर्ने की दरपिठ गर्ने भन्ने कुरा उजुरीको प्रकृति हेरेर न्याय प्रशासनले गर्ने निर्णय हो । यसमा न्याय प्रशासन स्वतन्त्र छ । मिडियामा मैले आफू विरुद्धको उजुरी दर्ता हुनबाट रोके बनेर जसरी हल्लाहरू आएको छ । यो सबै झुटो हो । यो गलत आरोप हो । यसमा मेरो थप कुनै टिप्पणी छैन ।’
उनले बार र न्यायालय (बेन्च) बीच द्वन्द्व नभएको समेत स्पष्ट पारे । सांसदहरूले बार र बेन्चबीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ ? प्रश्न गरेका थिए ।








