संसदमा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्डसहित विरोध प्रदर्शन (भिडिओ)

काठमाडौं । प्रतिनिधि सभाको मंगलवारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ ।

बैठक शुरु भएलगत्तै पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

संसदको कारबाही अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्लेकार्डसहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए ।

उक्त दलले सोमवारको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो ।

लगातार दोस्रो दिन पनि संसद बैठकमा सो पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =