सरकार मुलुकको समस्या समाधान गर्ने कुरामा केन्द्रित छैन: राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार मुलुकको समस्यालाई समाधान गर्ने कुरामा केन्द्रित नभएको दाबी गरेको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उक्त पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले सो कुरा बताएकी हुन् ।

उनले सरकारले सो विधेयक मुलुकको समस्यालाई यथार्थपरक ढंगले विश्लेषण गर्दै ती समस्याहरू समाधान हुने गरी नल्याएको जिकिर समेत गरे । प्रमुख सचेतक ओलीले यथार्थभन्दा बाहिर गएर सरकारले नागरिकलाई आशावादी बनाउनका लागि गरिएको प्रयासको कुनै अर्थ नहुने पनि बताए ।

उनले भनिन् ‘हामीले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू बजेटको फोकस चाहिन्छ । हाम्रा सामाजिक, आर्थिक यथार्थहरू कस्ता छन् रु त्यता ध्यान पुर्याऔ । आज राज्यको राजस्व दबाबमा छ । युवाहरू विदेश पलायन भइराखेको छन् । कृषि उत्पादन घट्दो छ । प्राइभेट सेक्टर त्रसित छ । सार्वजनिक ऋणको भार बढिरहेका छन् । पुँजीगत खर्च अत्यन्त कमजोर छ । स्थानीय तहमा सेवा प्रवाह असमान छ । यस्ता यथार्थबीच यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढ्दै गर्दा सरकारले समस्या पहिचान गर्दै उचित इन्टरभेन्शन गर्नु भन्दा नारामूलक आशावादी फेरी पनि प्रस्तुत गरेको हो कि भन्ने मलाई लागि रहेको छ ।’

प्रमुख सचेतक ओलीले सरकारले मुलुकको समृद्धिका लागि कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रको विकासमा जोड दिनुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =