प्रतिशोध र पूर्वाग्रहले लोकतन्त्र कमजोर हुन्छ: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारको कार्यशैलीप्रति कटाक्ष गरेका छन् । राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखिन थालेको भन्दै उनले प्रधानन्यायाधीश सिफारिस प्रक्रियाप्रति संकेत गरेका हुन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् महासचिव पोखरेलले विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार भएको बताएका छन् ।

उनले सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था भएकाले प्रतिशोध र पूर्वाग्रहका आधारमा संस्थागत स्थायित्वमाथि प्रहार गर्न नहुने उल्लेख गरेका छन् ।

‘सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था हो । राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही ढंगले त्यसलाई खण्डित गरी संस्थागत अस्थिरता निम्त्याउने कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुन्छ,’ पोखरेलले लेखेका छन् ।

उनले यस्ता कदमहरूले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुग्ने खतरा रहने चेतावनी पनि दिएका छन् । ‘विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार हो,’  उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =