‘लालीबजार’ चलचित्र प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित (तस्बिरहरू)
२०८३ वैशाख २७ गते

काठमाडौं । आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुनेगरी निर्माण गरिएको भन्दै ‘लालीबजार’ चलचित्रका विरुद्ध बादी समुदायका प्रतिनिधिहरूले विरोध प्रदर्शन गरेका छन् ।
वादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले उक्त चलचित्रको निर्माण र प्रदर्शनमा तुरुन्त रोक लगाउन माग गरेका छन् ।
प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरूले बादी जातिको सम्मान कायम गर, लालीबजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरे ।
चलचित्रमा प्रयोग गरिएका दृष्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको बताएका छन् । —न्युज एजेन्सी नेपाल

२०८३ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित








