‘यूओजी’ टिमले दियो सलिनलाई ‘स्टाइलिस एक्टर’को ट्याग (भिडिओ)
२०८३ वैशाख २२ गते

काठमाडौँ । नयाँ चलचित्र ‘यूनिभर्सिटी अफ गुन्डाज्’ का टिमले अभिनेता सलिनमान बनियालाई ‘स्टाइलिस एक्टर’को ट्याग दिएको छ ।
मंगलबार चलचित्रको टिजर सार्वजनिक गर्दै टिमले उनलाई ‘स्टाइलिस एक्टर’को ट्याग दिएको हो ।
सार्वजनिक टिजरमा सलिनमानसंगै अभिनेता सलोन बस्नेत पनि देखिएका छन् । यस चलचित्रलाई निर्देशक सुरेश न्यौपानेले निर्देशन गरेका हुन् ।
सलिन ७ वर्षको ब्रेक पछि चलचित्र ‘यूनिभर्सिटी अफ गुन्डाज्’ बाट पुन: पर्दामा फर्किएका हुन् ।
उनी अभिनित पछिल्लो फिल्म ‘यात्रा’ सन् २०१९ मा रिलिज भएको थियो ।
२०८३ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित








