राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो ।

सरकारको सिफारिसअनुसार जारी गरिएको यो अध्यादेश सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले ल्याइएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + one =