सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैनः योगेन्द्र कुँवर

काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न नसक्ने बताएका छन् ।

१३७ औँ अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन काँग्रेसका राष्ट्रिय परिषद बैठकको उद्घाटन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

विश्वभरका श्रमिकहरुले संघर्ष गरेर ल्याएको उक्त अधिकारलाई सरकारले निमोठन नसक्ने अध्यक्ष कुँवरले तर्क थियो । उनले सरकारले भ्रमबश ट्रेड युनियन अधिकार खारेज गर्ने भने पनि त्यसको कार्यान्वयन हुन नसक्ने जिकिर पनि गरे ।

सरकारले त्यसलाई खारेज गर्ने प्रयास गरेर आफूहरुले सरकारलाई अन्तराष्ट्रि अदालतमा उभ्याउने अध्यक्ष कुँवरको चेतावनी थियो । उनले राष्ट्रिय श्रम आयोग गठन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

अध्यक्ष कुँवरले ट्रेड युनियन आन्दोलनमाथि विभिन्न प्रश्नहरु उठेको स्विकार गर्दै त्यसको जवाफ दिने गरी अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले मजदुर आन्दोलनको हितको पक्षमा सबै मजदुर संगठनहरुलाई एकतावद्ध हुन पनि आह्वान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =