श्रमिक दिवसमा प्रचण्डको शुभकामना, श्रमिक अधिकारप्रति प्रतिबद्धता
२०८३ वैशाख १८ गते

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
आज जारी गरिएको शुभकामना सन्देशमा उनले नेपाली कम्युनिष्ट पार्टी श्रमिक वर्ग विशेषतः किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण तथा प्रवर्द्धनमा सदैव प्रतिबद्ध रहेको बताएका छन् ।
प्रचण्डले श्रमिकहरूको योगदान राष्ट्र निर्माणको आधारस्तम्भ भएको उल्लेख गर्दै उनीहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न निरन्तर प्रयास आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन् ।
२०८३ वैशाख १८ गते
प्रतिक्रिया








