‘लालीबजार’ को प्रदर्शन रोक्न अदालतको आदेश, २२ वैशाखसम्म रोकियो प्रदर्शनी
२०८३ वैशाख १५ गते

काठमाडौँ । चलचित्र लालीबजारको प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आगामी २२ वैशाखसम्म चलचित्र प्रदर्शन नगर्न आदेश दिएको हो ।
सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार वादी समुदायकी रोशनी नेपालीले चलचित्रका केही शब्दप्रयोगमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् ।
यम थापाको निर्देशनमा बनेको यो चलचित्र १८ वैशाखदेखि प्रदर्शनमा आउने तयारीमा थियो । षट्कोण आर्टसको निर्माण रहेको फिल्म वादी समुदायका महिलाको संघर्षलाई केन्द्रमा राखेर बनाइएको बताइएको छ ।
यसैबीच, सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई युनिभर्सल प्रमाणपत्र प्रदान गरिसकेको थियो ।

२०८३ वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित








