लालीबजार प्रदर्शन रोक्न अदालतमा रिट

काठमाडौँ । आगामी शुक्रवार प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै रिट दायर भएको छ ।

सोमबार उच्च अदालत पाटनमा रिट दायर भएको हो ।

वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।

अदालतले आजलाई यो मुद्दामा पेशी तोकेको छ ।

यस चलचित्रलाई निर्देशक यम थापाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =