जनताको मन दुखाउने काम गरे सरकारको कडा रुपमा प्रतिवाद गर्छौंः आङदेम्बे

काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सरकारले जनताको मन दुखाउने काम गर्ने कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

सोमवार काँग्रेस संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएलगत्तै उनले सञ्चारकर्मीहरुमाझ सो प्रतिवद्धता व्यक्त गरेका हुन् । सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरेर काँग्रेसले प्रमुख प्रतिपक्ष दलको रुपमा कडा रुपमा प्रतिवाद गर्ने नेता आङदेम्बेको कार्ययोजना थियो । ‘हामीले सरकारको राम्रो कामको समर्थन र जनताले मन दुखाउने खालको काम राज्यबाट भयो वा देखियो भने हामी त्यसको सशक्त रुपमा प्रतिवाद गर्दछौं’ उनले भने ।

उनले लोकतन्त्रमा संसद प्रतिपक्षको हुने उल्लेख गर्दै त्यसमा जिम्मेवार दलको हैसियतमा काँग्रेस प्रस्तुत हुने समेत बताए । नेता आङदेम्बेले मुलुकलाई नयाँ ढंगले अघि बढाउने गरी पार्टीले नयाँ अवधारणा ल्याएको दावी गर्दै त्यसलाई अघि बढाउन पनि आफू लागिपर्ने बताए । ‘विशेष गरेर हामीले अपनाएको प्रणाली विशेष गरेर लोकतन्त्रमा संसद प्रतिपक्षको हुन्छ । र प्रतिपक्षको जिम्मेवारी विशेष गरी तपाईहरु सामिप्यतामा रहेर धेरै कुराहरु तपाईबाट लिएर हामी काम गर्नेछौँ । र मुलुकलाई पार्र्टीले लिएको नयाँ अवधारणाअनुसार अघि बढाउन काम गर्नेछु’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nineteen =