नेपाल-भारत सीमामा लगाइएको भन्सार कर नीति खारेज गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । नेपाल–भारत सीमामा लागू गरिएको एक सय रुपैयाँभन्दा माथिको भन्सार कर नीति तत्काल खारेज गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ ।

बुधवार युथ फर ट्रुथले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले सीमामा लगाइएको सो प्रावधान तत्काल खारेज गर्न माग गरेका छन् । उनीहरूले ‘कर बढी चाहिँदैन, महँगी सहिँदैन’, ‘सीमा शोषण बन्द गर’, ‘भन्सार कर खारेज गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सरकारले हालै नेपाल–भारत सीमामा एक सय रुपैयाँभन्दा माथिको समानमा भन्सार कर लिने नीति लिएको छ । उक्त नीतिले सीमाक्षेत्रका नागरिकलाई समस्या भएको भन्दै विरोध र आलोचना भइरहेको छ ।

तस्बिरहरू: अनुप प्रधान/न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 5 =