कांग्रेस आधिकारिता विवादमा सर्वोच्चको फैसला आउँदै, निर्णय लेख्न न्यायाधीश ‘च्याम्बर’मा

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले फैसला सुनाउने तयारी गरेको छ ।

न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा दुवै पक्षको सुनुवाइ सकिएसँगै अब निर्णय प्रक्रियामा प्रवेश गरिएको हो । रिट निवेदक रहेका तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट जवाफी बहस सम्पन्न भइसकेको छ ।

अहिले न्यायाधीशद्वय सुवेदी र निरौला फैसला लेख्न ‘च्याम्बर’मा रहेका छन् ।

देउवा पक्षबाट अन्तिम चरणको बहसमा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, रमनकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, पंकज कर्ण र अरुण पौडेलले बहस गरेका थिए ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिएको निर्णय तथा विशेष महाधिवेशनको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।

देउवा समूहले आफूहरू १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व भएको दाबी गर्दै विशेष महाधिवेशनलाई अवैध बताउँदै आएको छ ।

सर्वोच्च अदालतबाट आउने फैसलाले विशेष महाधिवेशनको वैधता, गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति र निर्वाचन आयोगको निर्णयसम्बन्धी विवादको टुंगो लगाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =