ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण: फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग

काठमाडौँ । नेपालमा फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धिले देशको दिगो शहरी पूर्वाधारतर्फको यात्रामा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै कस्टमाइज गरिएका फोटोन TM1 इलेक्ट्रिक वेस्ट कलेक्सन भेहिकलका ११ युनिटहरू ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
नेपालमा शहरी फोहोर व्यवस्थापनका लागि विद्युतीय गाडी प्रयोग गरिएको पहिलो यो पटक हो । यसले व्यावसायिक ईभीहरूले सडक र ढुवानीका अलावा अन्य क्षेत्रमा पनि योगदान दिन सक्छन् भनेर नयाँ बाटो खोलिदिएको छ ।
यो हस्तान्तरण केवल फ्लीट ह्याण्डओभर मात्र नभई, शहरको वास्तविक आवश्यकतालाई ध्यानमा राखी मौलिक उपायहरू विकास गर्ने फोटोनको क्षमताको बलियो उदाहरण भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार ललितपुर महानगरपालिकाका लागि उपलब्ध गराइएका TM1 गाडीहरू बजारमा सजिलै पाइने सामान्य गाडीहरू होइनन् । यी प्रत्येक गाडी शहरमा फोहोर संकलन गर्ने प्रयोजनका लागि विशेष रूपमा तयार गरिएका छन् । यसले नेपालभरि संस्थागत आवश्यकता अनुसार फोटोनका व्यावसायिक ईभी सोलुसन्स विकास गर्ने एमएडब्लू वृद्धिको बढ्दो दक्षतालाई पनि प्रतिबिम्बित गर्दछ ।
फोटोन TM1 को प्रभाव दैनिक कार्य सञ्चालनमै देखिन थालेको छ । ललितपुर महानगरपालिकाले फोहोर संकलन टोलीलाई थप प्रभावकारी बनाउँदै तीन जनाबाट दुई जनाको दक्ष टोलीमा घटाउन सफल भएको छ, जुन यस गाडीको सहज र उपयोगी डिजाइनको प्रत्यक्ष नतिजा भएको कम्पनीले जनाएको छ ।
साथै, यसले लैङ्गिक समावेशी रोजगारीलाई प्रोत्साहन गर्दै फोहोर व्यवस्थापनको क्षेत्रमा महिलाहरूका लागि अर्थपूर्ण अवसरहरू सिर्जना गरेको बताएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने ‘हाम्रो सहर एउटा सरल नियममा चल्छ, यहाँ प्रदूषण एकदम निषेध छ। यस कारण हामी फोहोर सङ्कलनका लागि पेट्रोल, डिजेल प्रयोग नहुने विद्युतीय गाडी खोजिरहेका थियौँ । यस्तो ईभी पाउन सकिएला त हाम्रो सबैभन्दा ठुलो चिन्ताको विषय यही थियो। र, फोटोनले हाम्रो त्यो चिन्ताको बलियो समाधान दिएको छ। साँच्चै भन्नुपर्दा, हामी अत्यन्तै खुसी छौँ ।’
एमएडब्लू वृद्धि कमर्शियल भेहिकल प्रा.लि.का सी.ई.ओ अनिल बरालले भने ‘पहिलोपटक ईभीमा आधारित फोहोर व्यवस्थापनको अवधारणा सुन्दा हामी प्रभावित भएका थियौँ । र, आज यही कुरा व्यवहारमा देख्न पाउँदा अत्यन्त खुसी लागेको छ । नेपालकै सबैभन्दा सफा सहरको रूपमा पहिचान बनाएको ललितपुर महानगरपालिकालाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित छौँ, र हामीलाई विश्वास गर्नु भएकोमा वहाँहरूलाई हार्दिक आभार व्यक्त गर्दछौँ। फोटोनका लागि यो केवल सुरुवात मात्र हो । उन्नत विद्युतीय सवारीसाधन र देशभर विस्तार हुँदै गएको ईभी चार्जिङ पूर्वाधारहरू मार्फत स्वच्छ र प्रदूषणमुक्त नेपाल निर्माणमा योगदान गर्न हामी सधैँ प्रतिबद्ध छौँ।’
एमएडब्लू वृद्धिको देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू र १७१ भन्दा बढी CCS2 DC फास्ट चार्जिङ स्टेसनहरूको सञ्जाल रहेको छ । योसँगै फोटोनको ईभी इकोसिस्टम नगरपालिका तथा स्थानीय तहमा ठुलो स्तरमा सञ्चालन गर्न पूर्ण रूपमा सक्षम छ । ललितपुरमा सुरु भएको यो पहलले इलेक्ट्रिक कमर्सियल ईभी केवल भविष्यको सपना नभई, आजै प्रयोग गर्न सकिने व्यवहारिक उपाय भएको सशक्त उदाहरण प्रस्तुत गरेको छ ।
फोटोनका कमर्सियल ईभी सोलुसन्सबारे थप जानकारी लिन इच्छुक नगरपालिका, संस्था तथा फ्लीट सञ्चालकहरूले एमएडब्लू वृद्धिसँग ९८०२३७५४२१ र ९८०२३४०६७१ मा सम्पर्क गर्न वा नजिकको फोटोन सोरुममा भ्रमण गर्न सकिने जानकारी दिएको छ ।








