लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय
२०८३ वैशाख ३ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक लेखा समितिको सभापति नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो । यससँगै लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई समर्थन जुट्ने संकेत देखिएको छ ।
कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ ।
यसअघि नै नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीले पनि कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरिसकेका छन् । नेकपाका प्रमुख सचेतक युवराज दुलालले विपक्षी दलहरूबीच यस विषयमा सहमति भएको जानकारी दिएका थिए ।
प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।
२०८३ वैशाख ३ गते
प्रतिक्रिया
सम्बन्धित








