लेखा समितिमा कांग्रेस उम्मेदवारलाई एमाले र नेकपाको समर्थन

काठमाडौं । सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेनेपाल कम्युनिस्ट पार्टीले नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएका छन् ।

सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको नेकपाका सांसद युवराज दुलालले जानकारी दिएका हुन् ।

उनका अनुसार लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने विषयमा विपक्षी दलहरूबीच सहमति जुटेको छ ।

प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता प्रक्रिया सुरू हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =