इरानी जहाजले पार गर्न सकेन हर्मुज जलडमरूमध्य

एजेन्सी । अमेरिकी नौसेनाको गाइडेड–मिसाइल डिस्ट्रोयरले हर्मुज जलडमरूमध्यमा इरानी झण्डा भएको एउटा कार्गो जहाजलाई रोकेर फिर्ता पठाएको अमेरिकी सेन्ट्रल कमाण्डले बुधवार जनाएको छ ।

सोमवारदेखि अमेरिकी नाकाबन्दी सुरु भएयता अहिलेसम्म १० वटा जहाजहरूलाई फिर्ता पठाइएको र कुनैपनि जहाजले जलडमरूमध्य पार गर्न नसकेको कमाण्डले जनाएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख ब्राड कूपरले मंगलवार राति एक्समा अमेरिकी सेनाले समुद्रमार्फत इरानमा हुने र इरानबाट हुने आर्थिक व्यापार पूर्ण रूपमा बन्द गरेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =