वैशाखमा दुई नाटक मञ्चनको तयारीमा

दुवै नाटकले फरक–फरक विषयवस्तु बोके पनि समकालीन समाजका विविध आयामलाई रङ्गमञ्चमार्फत उजागर गर्ने प्रयास गरेका छन्

काठमाडौँ। नयाँ वर्ष २०८३ सुरु भए सँगै राजधानीका दुई रङ्गमञ्चमा फरक–फरक विषयवस्तुका नाटक मञ्चनको तयारी गरिएको छ। थापागाउ स्थित मण्डला थिएटरमा  मा ‘ग्राण्ड रिहर्सल’ शीर्षकको नाटक वैशाख ११ गतेदेखि ज्येष्ठ ३ गतेसम्म मञ्चन हुने भएको छ।

हास्य, अपराध र थ्रिलर शैलीको मिश्रण रहेको यो नाटक दर्शकलाई मनोरञ्जनसँगै रहस्यको अनुभूति गराउने लक्ष्यसहित तयार पारिएको हो। निर्माण पक्षका अनुसार “हरेक कथाले ग्राण्ड रिभिल डिजर्भ गर्छ” भन्ने मूल सन्देश बोकेको नाटकले दर्शकलाई हाँस्दै–सोच्दै अन्त्यसम्म बाँधेर राख्ने विश्वास लिइएको छ।

नाटकलाई अनुप न्यौपाने र उमेश तामाङले नाट्य रूपान्तरण गरेका छन् भने उमेश तामाङको निर्देशन रहेको छ।

त्यसै गरी, शिल्पी थिएटर बत्तीस पुतलीमा ‘सिकल सेल’ शीर्षकको नाटक वैशाख १३ गतेदेखि २८ गतेसम्म मञ्चन हुने भएको छ। गुणराज पोखरेलद्वारा लिखित तथा सुमित भण्डारीद्वारा निर्देशित नाटकले ‘सिकल सेल’ रोगलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै समाजमा वर्ग, जात र भाषाका आधारमा हुने विभेदले मानिसको मनमा पार्ने पीडालाई प्रस्तुत गर्ने बताइएको छ।

दुवै नाटकले फरक–फरक विषयवस्तु बोके पनि समकालीन समाजका विविध आयामलाई रङ्गमञ्चमार्फत उजागर गर्ने प्रयास गरेका छन्। नयाँ वर्षसँगै राजधानीमा रङ्गमञ्चीय गतिविधि बढ्दै जाँदा यी प्रस्तुतीकरणे दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =