प्रधानमन्त्रीले समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।

बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजना हुने उक्त कार्यक्रममा विभिन्न दलका सांसदहरू सहभागी हुनेछन् ।

कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरअन्तर्गतका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा राख्ने बताइएको छ ।

जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गर्दै नीति निर्माण तथा कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

यस अन्तरक्रियालाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =