‘बले’ लाई हाम्रै कलाकारहरूले साथ दिएनन्, कलाकारसंघ बोल्न पर्दैन ?- निर्देशक गिरी

काठमाडौँ । कलाकार सागर लम्सालको मुख्य भूमिका रहेको चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’ का निर्देशक राजु गिरीले बलेलाई हाम्रै कलाकारहरूले साथ नदिएको भनेर गुनासो पोखेका छन् ।

बुधवार सामाजिक सञ्जालमा बोल्दै निर्देशक गिरीले ‘कलाकार संघले यस्तो कुरामा बोल्न पर्दैन ?’ भन्दै प्रश्न गरेका छन् ।

‘अर्को कुरा, हाम्रो कलाकारसंघ यस्तो कुरामा बोल्न पर्दैन ? । भोट माग्ने बेलामा चाहिँ, त्यो भएन, त्यो भएन भन्छ । एउटा कलाकारलाई पर्दाखेरि खै को बोले ?’ उनले भावुक हुँदै भनेका छन् ।

‘बलेलाई हाम्रै कलाकारहरूले साथ दिएका छैनन्, दोषी हो भने सजाए पाउँछ सबैलाई थाहा छ । निर्दोष फस्न हुन्न । आफूलाई परेको बेलामा मात्र थाहा हुन्छ । कसले सपोर्ट गर्छ गर्दैन भनेर, मान्छे चिन्ने यही बेला हो ।’ उनले सागरलाई सम्झाउँदै भनेको बताए ।

त्यस्तै सागर लम्साल बलात्कार आरोप बीच पक्राउ परेपछि चैत २७ गतेबाट प्रदर्शनमा आउने भनिएको ‘डल्लेले इन्ट्री मार्यो’ चलचित्रको प्रदर्शन स्थगित गरिएको थियो ।

उनलाई छायांकन गरिरहेको चलचित्र ‘पाँच पाण्डव’बाट पनि निष्कासन गरिएको थियो ।

उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् ।

गत चैत २१ गते शनिवार लम्साल बूढानीलकण्ठबाट पक्राउ परेका थिए । यससँगै लम्सालमाथि अनुसन्धान गर्न चौतर्फी दबाब परेको थियो ।

तर, हालसम्म उनीविरुद्ध प्रहरीमा औपचारिक किटानी जाहेरी दर्ता भएको छैन । यही कारणले प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरअन्तर्गत प्रमुख जिल्ला अधिकारीसँग हिरासतको अनुमति मागेको थियो ।

यसैबीच, कलाकार सागर लम्साल ‘बले’लाई अनुसन्धानका लागि पाँच दिनसम्म हिरासतमा राख्न काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =