पाकिस्तानमा हुने वार्तामा इरान सहभागी हुने

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधवार जारी गरेको विज्ञप्तिअनुसार इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँगको टेलिफोन कुराकानीका क्रममा इस्लामावादमा हुने वार्तामा इरान सहभागी हुने पुष्टि गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सरिफले बुधवार पेजेस्कियानसँग टेलिफोन वार्ता गर्नुभएको थियो । जसमा उहाँले युद्धविराममा सहमत भएको र यसै हप्ताको अन्त्यमा इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिकाबीचको वार्ता आयोजना गर्ने पाकिस्तानको प्रश्ताव स्वीकार गरेकोमा इरानी नेतृत्वप्रति गहिरो प्रशंसा व्यक्त गर्नुभयो । आफ्नो तर्फबाट, इरानी राष्ट्रपतिले इस्लामावादमा हुने वार्तामा इरान सहभागी हुने कुराको पुष्टि गर्नुभयो ।’

विज्ञप्तिअनुसार दुवै नेता निकट सम्पर्कमा रहन सहमत भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =