इरानसँग शान्ति वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान आउने
२०८२ चैत २६ गते

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानमा इरानसँग हुने प्रत्यक्ष शान्ति वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व गर्ने ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले बुधवार जानकारी दिएकी छन् ।
यो वार्ता शनिवार बिहानदेखि शुरु हुने अपेक्षा गरिएको छ । ह्वाइट हाउसको प्रेस ब्रिफिङमा लेविटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र उनका ज्वाइँ जेरेड कुश्नर पनि वार्तामा सहभागी हुनेछन् ।
यसअघि पाकिस्तानले इस्लामाबादमा अमेरिकी र इरानी वार्ताकारहरू बिच शुक्रवार नै वार्ता आयोजना गर्ने प्रस्ताव गरेको थियो ।
२०८२ चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित









