‘१२ गाउँ २’ मा समीर र अनुपको भिडन्त!
२०८२ चैत २५ गते

काठमाडौँ । अभिनेता समीर भट्ट र अनुपविक्रम शाही एकसाथ देखिने भएका छन् ।
उनीहरूले ‘१२ गाउँ’ को दोस्रो श्रृंखलामा सहकार्य गर्न लागेका हुन् ।
अभिनेता शाहीले मङ्गलवार लिखित सम्झौता गरेका छन् ।
सम्झौता लगत्तै सामाजिक सञ्जालबाट विराजसँगको फोटो सेयर गर्दै अनुप लेख्छन् ‘केही नयाँ र ठुलो र उत्साहित तुल्याउने चीज आउँदै छ ।’
‘१२ गाउँ २’ को छायाङ्कन वैशाख पहिलो सातादेखि सुरु हुने तयारीमा छ ।
अनुप यस चलचित्रमा भिलेनको भूमिकामा देखिने चर्चा भइरहेको छ । उता, आफूलाई पात्रअनुसार ढाल्न अभिनेता समीर भट्ट जिममा मेहनत गरिरहेका छन् ।
चलचित्र ‘१२ गाउँ २’ मा समीर भर्सेस अनुपको भिडन्त देखिने अनुमान गर्न सकिन्छ ।
२०८२ चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित








