सरकारले स्वास्थ्य बिमा कार्यक्रमको तत्काल नीतिगत सुधार गर्न आवश्यक छ: ओजश्वी शेरचन

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद ओजश्वी शेरचनले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको तत्काल नीतिगत सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

सो कार्यक्रम बजेटको अभावमा अघि बढ्न सक्ने अवस्थामा नरहेको चर्चा भइरहेको बेला सांसद शेरचनले सो आवश्यकता औँल्याएका हुन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबीच बलियो समन्वय हुनुपर्नेमा पनि जोड दिए ।

सांसद शेरचनले स्वास्थ्य बिमा कार्यक्रम आफैँ आर्थिक दबाबमा पर्दा त्यसबाट सेवाग्राहीहरू मर्कामा पर्ने भएकाले सरकारले सो समस्या समाधानमा ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे ।

उनले भने ‘स्वास्थ्य बिमा ऐन २०७४ ले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्दै उपचारको क्रममा हुने आर्थिक जोखिम कम गर्न महत्त्वपूर्ण उद्देश्य राखेको छ । तर बिमा बोर्ड स्वयमले बिमा भुक्तानी नपाएकाले यो कार्यक्रम स्वयम आर्थिक दबाबमा रहेको छ । वीर अस्पतालमा ५१ करोड, टिचिङ अस्पतालमा ४० करोड र अन्य अस्पतालहरू गरी १६ अर्ब भन्दा माथि रकम भुक्तानी बाँकी छ । यसले स्वास्थ्य संस्थालाई सेवा निरन्तरता दिन कठिनाइ भइरहेको छ । यस अवस्थालाई तुरुन्त सम्बोधन गर्न स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रायका बीच प्रभावकारी सम्बोधन आवश्यक छ । साथै बिमा कार्यक्रमलाई दीर्घकालीन रूपमा टिकाउनका लागि नीतिगत सुधार जस्तै सबै बिमा योजनाहरू एकीकृत गरी जोखिम पुल विस्तार गर्न प्रोग्रेसिव टयाक्स इन हेल्थ इन्स्योरेन्स गर्न आवश्यक छ ।’

सांसद शेरचनले सो समस्या समाधानका लागि सरकारले हेल्थ सम्बन्धी इन्स्योरेन्स गर्ने कार्यलाई पनि अघि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =