सरकारले जीवित आदिवासी सङ्ग्रहालय स्थापना गर्नुपर्छ: अनुष्का श्रेष्ठ

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले जीवित आदिवासी संग्राहलय स्थापना गर्न सरकारसँग माग गरेकी छन् ।

मङ्गलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो माग गरेकी हुन् ।

पर्यटन क्षेत्रमा दिगो आम्दानी गर्न, विश्वसामु नेपालको विशिष्ट ब्राण्ड निर्माणमा अझ एक तह थप्न तथा प्रवासमा रहेका लाखौँ नेपालीहरूलाई पहिचानसँग पुनः जोडन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले सो अवधारणा अघि बढाउन आफूले प्रस्ताव गरेको सांसद श्रेष्ठको भनाई थियो ।

उनले भनिन् ‘म जीवित आदिवासी संग्राहलयको अवधारणा प्रस्ताव गर्न चाहन्छु । यो एउटा केवल भौतिक संरचना मात्रै नभई जनजाति भाषा बोलिने लिपी लेखन सिकिने परम्पराहरू अभ्यास गरिने एक जीवन्त थलोको रूपमा उपयोग गर्न सकिन्छ । यसले हाम्रो पर्यटन क्षेत्रमा दिगो आम्दानी सृजना गर्न, विश्वसामु नेपालको विशिष्ट ब्राण्ड निर्माणमा अझ एक तह थप्न तथा प्रवासमा रहेका लाखौँ नेपालीहरूलाई युवा पुस्तालाई आफ्ना जरा र पहिचानसँग पुन जोडन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले यस अवधारणाप्रति सान्दर्भिक सरकारी निकायहरूको ध्यानाकर्षण होस् भनी म सम्माननीय सभामुखमार्फत विनम्र निवेदन गर्दछु ।’

सांसद श्रेष्ठले आदिवासी जनजातिहरूको भाषालाई जीवन्त बनाउन पनि सो अवधारण अति आवश्यक रहेको तर्क समेत गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + six =