निफमा नाजिर र सुरक्षा उत्कृष्ट

काठमाडौँ । नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा अभिनेत्री सुरक्षा पन्तले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् ।

सोमबार सम्पन्न फेस्टिभलको समापन समारोहमा उनले चलचित्र ‘कोशेढुङ्गा’ बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन् ।

त्यस्तै यसै चलचित्रबाट बाबु श्रेष्ठले सर्वोत्कृष्ट सिनेम्याटोग्राफरको अवार्ड पाएका छन् ।

समुन्द्र भट्ट निर्देशित ‘गुन्यू चोलो:द ड्रेस’ले सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार पाएको छ । यस चलचित्रबाट भट्टले उत्कृष्ट निर्देशकको अवार्ड जितिन् भने चलचित्रले एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्‍यो ।

त्यसैगरि यही चलचित्रबाट नाजिर हुसेनले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।

सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागञ्ज: पूजा सर’ले जितेको छ ।

राष्ट्रियतर्फ सर्वोत्कृष्ट पटकथाकारको अवार्ड चलचित्र ‘केटी हराएको सूचना’बाट दीपेन्द्र गौचन प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 11 =