गृहमन्त्रीद्वारा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरु)
२०८२ चैत २३ गते

काठमाडौं । गत भदौ अन्तिम साताको जेनजी पुस्ताको आन्दोलनका शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।
सोमवार काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद भवन अगाडि दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ समेत पुगेका थिए ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गरेको थियो ।
जेनजी आन्दोलनका क्रममा मारिएका ७६ जनामध्ये ४१ जनालाई अन्य सूचीमा राख्दै मृत्युको कारणमा प्रश्न उठाएको थियो ।

२०८२ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित








